भरुवा बन्दुक सहित २ पक्राउ

03जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पुन्मा गाविस ६ का भद्रबहादुर थापा र पूर्णबहादुर घर्तीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

प्रहरीको बिशेष टोलीले गाउँमा गस्ती गर्ने क्रममा थापाले घरमा राखेको र घर्तीले जमिन मुनि गाडेर राखेको अबस्थामा भरुवा बन्दुक फेला परेको डिएसपी दिनेशराज मैनालीले जानकारी दिए । उनीहरुको साथबाट भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने गोलीसमेत बरामद भएको छ ।
दुबै जनालाई हातहतियार खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
जाजरकोटका दुर्गम गाउँमा अहिले पनि भरुवा बन्दुकको प्रयोगले शिकार खेल्ने गरिएको छ । प्रहरीले जिल्लाभरबाट अबैध बन्दुक संकलन गरे पनि लुकाएर राख्नेलाई कारवाही गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्: