संविधान सभा छोड्ने सद्भावनाको चेतावनी

02काठमाण्डौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान सभा छोड्ने चेतावनी दिएका छन् । मंगलबार पार्टी कार्यालय लाखेचौरमा गरेको पत्रकार सम्मेलनमा उनले नामाङ्कन र सिमाङ्कन सहितको संघियताको लागि संघर्ष शुरु बताए ।

पत्रकार सम्मेलनमा महतले नामाङ्कन र सिमाङ्कन सहितको संघीयता भएको संविधान नबनाइए संविधानसभाबाट बाहिरिएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सद्भावना पार्टीका तर्फबाट संविधान सभामा पाँच सदस्य छन् । सद्भावनाले प्रमुख चार दलबीच भएको १६ बुँदे समहतिको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: