इलामका छ स्थानमा जल तथा मौसममापन केन्द्र स्थापना हुने

03इलाम । इलामका छ स्थानमा मौसम र वर्षामापन केन्द्र स्थापना गरिने भएको छ ।
विपत्को पूर्वतयारीका लागि प्राक्ट्रिकल एक्सन दक्षिण एसिया क्षेत्रीय कार्यालय काठमाडाँैंको सहयोगमा क्षेत्रीय हावापानी कार्यालय अन्तर्गत जीतपुर, राँके, माइपोखरी, इलाम, कन्याम र सोक्तिममा केन्द्र स्थापना गरिने भएको हो ।

मौसम र वर्षाको पूर्व जानकारी दिन केन्द्र स्थापना गर्न लागिएको प्राक्ट्रिकल एक्सन दक्षिण एसिया क्षेत्रीय कार्यालयका कृष्ण बसौलाले जानकारी दिनुभयो ।

बाढी, पहिरो जस्ता विपद् आएका समयमा पूर्वसूचना दिन सहज होस भन्ने उद्देश्यले मौसम तथा वर्षामापन केन्द्र स्थापना गरिने बसौलाले बताउनुभयो ।

कन्याम, इलाम र सोक्तिममा चिया बगानको जग्गामा केन्द्र स्थापनाको तयारी भएको छ । ‘चिया बगानले केन्द्र राख्नका लागि स्वीकृति दिने जनाएको छ । तीन ठाउँमा दुई÷चार दिनभित्र मौसम तथा वर्षामापन केन्द्र स्थापना हुन्छ’, उहाँले बताउनु भयो । राँकेमा विक्रम चेम्जोङले जग्गा उपलब्ध गराउने, माइपोखरीमा निमदोर्जे शेर्पाले जग्गाका लागि सहयोग गर्ने र जीतपुरमा गाविसले जग्गा उपलब्ध गराउन पहल गर्ने बसौलाले बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत क्षेत्रीय हावापानी कार्यालय धरानका मौसमविद् राजिव झाले इलाममा पहिले राखिएका मौसममापन केन्द्र जीर्ण बन्दै गएकाले नयाँ स्थानमा नयाँ उपकरणसहित जडान गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: