उपचारका लागि केपी ओली बैंकक जाँदै

00काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओली बुधबार बैंकक जाँदैछन् । नियमित स्वास्थ्य उपचारका लागि ओली बैंकक जान लागेको उनको निजी सचिवालयले जनाएको छ । ओली दिउँसो एक बजे थाई एयरलाइन्सबाट बैंकक जाने कार्यक्रम रहेको छ ।

चिकित्सकले तीन महिनामा नियमति स्वास्थ्य उपचारका लागि आउनु भनेपनि व्यस्तताका कारण ओली ६ महिनापछि मात्र फलोअपका लागि जान लागेका हुन् । उनले आफ्नो हातको फङगस्को उपचार बैंककमा गर्दै आएका छन् । ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य बैंकक जानेछन् ।

प्रतिक्रिया दिनुहोस्: