उरुग्वेमाथि अर्जे्न्टिनाको संघर्षपूर्ण जीत

01एजेन्सी । म्यान्चेस्टर सिटीका स्टार सर्जियो एगुएरोको एक मात्र गोलको मद्दतले अर्जे्न्टिनाले उरुग्वेलाई पराजित गर्दै कोपा अमेरिकामा पहिलो जीत हासिल गरेको छ । सिटीकै अर्का खेलाडी पाबलो जाबलेटाको पासमा एगुएरोले निर्णायक गोल गरेका हुन् ।

दुई चिर प्रतिद्वन्द्वीका रुपमा रहेका उरुग्वे र अर्जे्न्टिनाबीच ला सेरेनामा भएको खेल बराबरी तर्फ उन्मुख भइरहँदा एगुएरोले उत्कृष्ट गोल गर्दै टिमलाई महत्वपूर्ण तीन अंक दिलाए । गत शनिबार अर्जे्न्टिनाले दुई गोलको अग्रता गुमाउँदै पाराग्वेसँग बराबरी खेल्न पुगेको थियो ।

खेलमा अर्जे्न्टिनाका प्रशिक्षक जेरार्डो मार्टिर्नो म्याच अधिकारीहरुसँग भनाभन गरेपछि स्ट्याण्डबाट खेल हेर्न बाध्य बनेका थिए । अब जमाइकाविरुद्धको खेलमा अर्जे्न्टिना विजयी बने क्वाटरफाइनलमा ब्राजिलसँगको भिडन्तबाट बच्ने छ ।

उरुग्वेले मात्र एक गोलको मद्दतले जमाइकालाई पराजित गरेको थियो । चार वर्षअघि उरुग्वेले अर्जे्न्टिनामा १५ औं कोपा अमेरिकाको उपाधि उचाल्दै प्रतियोगिताको सबैभन्दा सफल टोली बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्: