करको बिरोधमा वेश्यालयमा सेक्स फ्रि

01एजेन्सी । अस्ट्रियाको एक शहरमा त्यहाँको वेश्यालयले सरकारले चर्को कर लगाएको भन्दै आफ्ना ग्राहकलाई सित्तैमा सेक्स गर्ने अफर दिएका छन् । साल्जवर्गको सो वेश्यालयको वेबसाइटमा सरकारलाई कर नतिर्ने र आफूहरुले सित्तैमा सेक्स र मदिरा सेवन गर्न दिने उल्लेख गरिएको छ ।

त्यहाँको सरकारले एकैसाथ वेश्यालयमाथि चर्को कर र व्यावसायिक नियम लागू गरेपछि त्यसको विरोध भएको हो । वेश्यालयका मालिक हर्मन म्युलरका अनुसार उनको यो अभियान सेक्स कारोबार नियन्त्रण र दण्डात्मक करको विरुद्ध हो ।

प्रतिक्रिया दिनुहोस्: