काठमाडौंलाई केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्पको कडा धक्का

kathamanduकाठमाण्डौ । आज बिहानै फेरि भूकम्प गएको छ । बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौंलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प आएपछी मानिसहरु सडकमा आएका थिए ।

यसअघि मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केल भूकम्प गएको थियो । वैशाख १२ गतेदेखि सिन्धुपाल्चोक, नुवाकोट, दोलखा लगायतका स्थानलाई केन्द्रबीन्दु बनाएर भूकम्प गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: