गत वर्ष किनेको आइरन चक्की अझै आएन

04काठमाण्डौ । खरिद गरिएका ६ करोड आइरन चक्की गुणस्तर जाँच नभएको भन्दै भारतमा थन्किएपछि देशभर दुई महिनादेखि यसको अभाव भएको छ । यसबाट गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको छ ।

सरकारले ’स्टेलिअन ल्याब्रेटरी’ नामक भारतीय कम्पनीसँग आइरन चक्की किन्न अघिल्लो वर्ष सम्झौता गरेको थियो । गुणस्तर परीक्षण गरी नेपालमा छिटो आइरन चक्की पठाइदिन सरकारले उक्त कम्पनीसँग ताकेता गरिरहेको छ ।

आइरन चक्की खरिदको मुख्य जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. भीमसिंह टिंकरीले देशव्यापी रूपमा यसको अभाव भएको स्वीकार गरे । ’अघिल्लो वर्ष खरिद गरेको ६ करोड आइरन चक्की आउन बाँकी भएकाले ’ओभर स्टक’ होला भनेर हामीले यस वर्ष नयाँ खरिद प्रक्रिया अगाडि बढाएनौं’, डा. टिंकरीले भने, ’खरिद गरिएको आइरन चक्कीको गुणस्तर जाँच हुन बाँकी छ।

रिपोर्ट आउनेबित्तिकै आपूर्ति सुरु हुन्छ ।’’हामीले प्रयास गर्दागर्दै आइरन चक्की आउन ढिलो भएको हो, आपूर्तिकर्तालाई छिटो गर्न भनिरहेको छु’, टिंकरीले भने, ’एकैपटक धेरै मात्रामा खरिद गर्नुपरेकाले पनि ढिला भएको हुनसक्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: