डेढ बर्षीया बालिकाको मृत्यु

01उदयपुर । उदयपुरमा सर्पको डसाइबाट एक बालिकाको ज्यान गएको छ । घरको आँगनमा खेल्दै गरेकी सिरहा घर भई बेल्टारबसाहा नगरपालिका–१ मा बसोबास गर्दै आएका खेम कोईरालाका डेढ बर्षीया छोरी त्रिसना कोईरालाको सोमबार बिहान ज्यान गएको हो ।

सर्पदंशबाट सिकिस्त भएकी बालिकालाई उपचारको क्रममा बेल्टार स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले जानकारी दिए । सर्पले डसेको थाहा नभएका कारण उपचारमा ढिलाई हुँदा बालककको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्: