थाई युवतीले पारसलाई ‘श्रीमान’ भनेपछि…….!

03काठमाण्डौ । मंगलबार बिहान पारसको प्रेमिका भनि दाबी गरिएकी थाई युवती कन्निका चाइसानले आफ्नो फेसबुकमा एउटा फोटो पोष्ट गरिन् । कुनै क्याप्सन नलेखी पोष्ट गरिएको उक्त फोटो अरु कसैको नभएर पूर्व युवराज पारस शाहको रहेको थियो ।

कालो चस्मा र लुज टिर्सटमा सजिएर बाइकमा हुइकिएका संकेत गर्ने पारसको फोटोको पोष्टसँगै कमेन्ट बक्समा उनले लेखिन् ‘माई हस्बेन्ड (मेरो श्रीमान) ।’ उनले यस्तो लेखेपछि कसैले उनको आलोचना गरेका छन् भने कसैले बधाईसहित पार्टी कहिले खुवाउने ? समेत भन्न भ्याएका छन् ।

झण्डै तीन महिना पहिले थाइल्याण्डको जेलबाट रिहा भएपछि पारस शाह काठमाडौं फर्किएका थिए । लामो समयपछि स्वदेश फर्किएका उनी हाल काठमाडौंमै रहेको बताइएपनि कतै देखिएका छैनन् ।
यसअघि पारसले आफ्नो फेसबुकमा कन्निकालाई इङ्गित गर्दै माइ वुमन लेखेका थिए । गत वर्ष उनले लेखेका थिए ‘माइ वुमन कन्निका चाइयासर्नले नै म मर्न लागेको बेला मलाई अस्पताल लगेकी थिइन् । उनकै कारण म बाँचेको छु ।’

थाइल्यान्डमा हुँदा पारस कन्निकासँगै बस्थे भने बीचमा उनीहरुको सम्बन्धमा दरार आएपनि पछि मिलापत्र भएको थियो । पछिल्लो समय हिमानीसँग पारसको सम्बन्ध राम्रो नरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्: