नेपाल आउने तयारीमा रहेका २ लाख पर्यटकले गरे बुकिङ रद्द

04काठमाण्डौ । वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि लगातार आएका परकम्पपछि नेपाल आउने तयारीमा रहेका २ लाख पर्यटकले बुकिङ रद्द गरेका छन् । यसले ३ महिनामा पर्यटन क्षेत्रले करिब १२ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएको छ ।

यो वर्ष (सन् २०१५) मा पर्यटक आगमन ४० प्रतिशतले घट्ने प्रक्षेपण संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गरेको छ । ‘२ लाख पर्यटक आउने तयारीमा थिए, भूकम्पले सबै रोकिएका कारण हामीले कम्तीमा १२ अर्ब रुपैयाँ गुमाउनु परेको छ,’ पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गैतमले भने ।

विभागका अनुसार कम्तीमा १ पर्यटकले टिकटबाहेक मात्रै न्युनतम ६० हजार रुपैयाँ खर्च गर्छन् । यसैलाई आधार मान्दा पनि कम्तीमा १२ अर्ब रुपैयाँ नोक्सान भइसकेको गौतमले बताए । पर्यटन क्षेत्रमा निर्भर ठूलो समूह यतिबेला बेरोजगार बनेको छ ।

पदयात्रामा आबद्धसमेत जोड्दा २ लाखको रोजगारी गुमेको मन्त्रालयले जनाएको छ । टुर, होटल तथा रेस्टुराँतर्फ पनि ठूलो रोजगारी कटौती हुनसक्ने उसको आँकलन छ । आजको कारोबार दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: