यातायात ब्यवस्था कार्यालय मेचीको चरम लापरवाही

DSC01697बिर्तामोड । यातायात ब्यवस्था कार्यालय मेचीले लाईसेन्स बितरणमा चरम लापरवाही गरेको पाइएको छ । लाइसेन्स र ढड्डामा फरक–फरक मिति राखेका कारण बिर्तामोड निवासी मांगेराम अग्रवालको लाइसेन्स नविकरण नहुँदा यस्तो पाइएकोे हो ।

अग्रवालको लाइसेन्समा २०७१ चैत्र १३ गते सम्मको म्याद छ । ०१–५१८३०४ नम्बरको लाइसेन्सको नविकरण गर्ने अन्तिम समय असार १३ सम्म भएपनी यातायात ब्यवस्था कार्यालयले भने १ बर्षको जरिवाना तिर्नुपर्ने बताएको पीडित अग्रवालको गुनासो छ ।

यातायात कार्यालयको ढड्डामा भने २०७० चैत्र १३ मा म्याद समाप्त हुने उल्लेख छ । १ हजार नदिएसम्म लाइसेन्स नवीकरण नगर्ने भनेपछी आफु अख्तियार जान लागेको उनले बताए । उनले कुनै पनि हालतमा जरिवाना नतिर्ने बताए । उनले भने– नविकरण फेल भएको वाहानामा घुस मागिएको हो, म अख्तियार जान्छु ।

यता यातायात ब्यवस्था कार्यालय मेचीका कर्मचारीले १ बर्ष फेल देखिए पछी आफुहरुले जरिवाना बापतको रकम जम्मा गरि रसिद ल्याउन भनेको बताए । ढड्डामा १ बर्ष फेल हुदाँ हुदै कसरी जरिवाना नकटाई लाइसेन्स दिनु ? त्यस्तो आफुहरुले गर्न नमिल्नेउनिहरुको भनाइ छ ।

लाईसेन्सको मिति सकिएको ९० दिन भित्रमा नवीकरण गरिसक्नुपर्ने प्रावधान छ । यातायात ब्यवस्था कार्यालयले अग्रवालको मात्र होइन अधिकांश सेवाग्राहीको काममा ढिलासुस्ती र लापरवाही गर्ने गरेको जनगुनासो छ ।

प्रतिक्रिया दिनुहोस्: