राष्ट्रसंघीय कमिटीमा नेपाल निर्वाचित

06काठमाण्डौ । संयुक्त राष्ट्रसंघको आगामी ७० औं महासभाको प्रशासन तथा बजेटरी कमिटीको अध्यक्षमा नेपाल निर्वा्चित भएको छ । राष्ट्रसंघको पाँचौ कमिटीका नामले समेत चिनिने उक्त कमिटीको अध्यक्षमा नेपाल मंगलबार सर्वसम्मतिले निर्वाचत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले अध्यक्षका रूपमा आगामी सेप्टेम्बर १५ देखि सन् २०१६ को सोही महिनासम्म काम गर्नेछन् । उक्त अवधिसम्म ७० औं महासभा सञ्चालन हुनेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: