वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय बन्द

77काठमाण्डौ । वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयमा श्रम प्रतिनिधिहरुबीचको विवादले बुधवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीहरुको असुरक्षाको कारण जनाउँदै विभागको काठमाडौ कार्यालय बुधबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

मंगलबार केही श्रम प्रतिनिधिहरुले कार्यालय प्रमुख लगायतका कर्मचारीमाथि दुर्ब्यवहार, गालीगलौज र ढुंगामुढा गर्नुका साथै कार्यालयका भौतिक संरचनाहरु तोडफोड गरेको भन्दै कार्यालयको कार्य सम्पादन गर्न नसकिने विभागले जनाएको छ ।

कार्यालयका कर्मचारीमाथि दुब्र्यवाहार तथा आक्रमण गर्ने श्रम प्रतिनिधिमाथि कारबाही तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा दिन नसक्ने विभागले जनाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको फाइल नभेटिएको भन्दै श्रम प्रतिनिधिहरुले कार्यालय कर्मचारीमाथि आक्रमणको प्रयास गरेका थिए ।

वैदेशिक विभाग काठमाडौ कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले म्यानपावरले पालेका ‘गुण्डा’हरुले आफूहरुमाथि आक्रमणको प्रयास गरेको आरोप लगाए । बिना कारण श्रम प्रनिनिधिहरु कार्यालय प्रवेश गरी कर्मचारीमाथि दुब्र्यवहार गर्ने काम गरेकोले कर्मचारीहरु असुरक्षित रहुन्जेल सेवा दिन नसकिने उनले बताए । विभागको काठमाडौ कार्यालयबाट कतार, साउदी अरेबिया तथा मलेशियाबाहेकका मुलुकहरुका श्रम स्वीकृति दिने कार्य गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्: