शाहरुख र काजोलको ‘दिलवाले’ शुरु

dilwale_1434447483एजेन्सी । ‘दिलवाले दुल्हनिया ले जाएंगे’ शाहरुख खान र सिमरन तथा काजोल देवगनले आफ्नो नयाँ फिल्मको सुटिङ्ग शुरू गरेका छन् । उनीहरुको आउँदो फिल्म ‘दिलवाले’ को समुह यस समय बुलगारियामा लागिपरेको छ । शाहरुख र काजोललाई सुटिङ्गको समयमा स्पोट गरिएको थियो ।

सो अवसरमा काजोल टप र स्कर्टमा देखिएकी थिइन् । त्यहीँ शाहरुखले डेनिम शटको साथमा कार्गो लगाएका थिए । तर, केही फोटोमा एसआरके ब्लाक त केहीमा व्हाइट टि–सर्टमा पनि देखिएका थिए । ‘दिलवाले’ डाइरेक्टर रोहित शेट्टीको फिल्म हो । जसमा शाहरुख र काजोलसँगै वरुण धवन र कृति सेनन पनि अहम भुमिकामा छन् । फिल्म यसै बर्षको क्रिसमसमा रिलीज हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: