संविधान मस्यौदा तयारी, नयाँ विवादले जटिलता

08काठमाण्डौ । १६ बुँदे राजनीतिक सहमतिलाई दलहरूले आआफ्नो सुविधाअनुसार व्याख्या गर्न थालेपछि मस्यौदा गर्न गठित उपसमितिहरूले मंगलबार साँझसम्म पनि जिम्मेवारी पूरा गर्न सकेनन् । कतिपयले १६ बुँदेलाई स्पष्ट गर्न मस्यौदा समितिलाई अनुरोध गर्ने भएका छन् भने कतिपयले समितिसँग थप समय माग गर्ने तयारी गरेका छन् ।

पाँचवटा उपसमितिलाई मंगलबार साँझसम्म जिम्मेवारी पूरा गरी बुधबार बिहान बस्ने मस्यौदा समितिको बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । नेकपा मालेका अइन्द्रसुन्दर नेम्बाङ संयोजक रहेको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र आयोगहरूसम्बन्धी उपसमितिले समितिसँग १६ बुँदेलाई थप स्पष्ट गर्न आग्रह गर्ने र त्यसपछि मात्र मस्यौदाको काम थाल्ने भएको छ ।

संवैधानिक आयोगहरू ’समानुपातिक समावेशी’ सिद्धान्तका आधारमा गठन गर्ने भनेर विगतमा सहमति भएको तर पछिल्लो १६ बुँदेमा त्यस्ता आयोग ’समावेशी’ आधारमा गठन हुने भन्ने उल्लेख छ । आजको अन्नपुर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: