सिटि सफारीले सहयोग गर्ने

e riksaबिर्तामोड । गउरको आक्रमणमा परि गम्भिर घाइते भएकाहरुलाई नेपाल सिटि सफारी मजदुर संघ झापाले सहयोग गर्ने भएको छ । गम्भिर घाइते भएका सफारी चालक केरकेरु राजवंशी लगाएतका घाइतेलाई सहयोग गर्ने सफारी संघका अध्यक्ष धनसिंह राजवंशीले बताएका हुन् ।

उनले सहयोग गर्न इच्छुक सिटि सफारी चालकहरुलाई सहयोग गर्न समेत आग्रह गरेको छ । त्यस्तै गरि संघले अपाङ बाल शिक्षा सरोकार केन्न्द्रलाई ५ हजार सहयोग गर्ने भएको छ । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई समेत १ थान स्टेन फेन सहयोग गर्ने संघकी सचिव दुर्गादेवि चुडालले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्: