सिन्धुपाल्चोकका स्कूल बनाउन झापाबाट बाँस सहयोग

11झापा । भूकम्पले तहसनहस भएको सिन्धुपाल्चोकको तालामाराङ गाविस पुननिर्मार्णका लागि झापाका जनताले एक हजार भन्दा बढि घना बाँस उपलव्ध गराएका छन् । तालामाराङको तेर्से मावि र अन्य विद्यालय निर्माणका लागि झापाका बिभिन्न गाउँका जनताले आ आफ्नो झाङका बाँस उपलव्ध गराएका हुन् ।

११ सय घना बाँस लिएर अनेरास्ववियुको केन्द्रीय टोली बुधवारै झापाबाट पहाडतर्फ उक्लिएको छ । झापाका जनताले तालामाराङका जनताको लागि प्रतिघर दुई देखि दुई सय घनासम्म बाँस प्रदान गरेको अनेरास्ववियुका प्रचार बिभाग प्रमुख अशेष घिमिरेले बताए ।

घिमिरेले भने पहाडनलाई दुःख पर्दा तराईले सघाउनुपर्छ भनेर बुबा आमाहरुले स्वेच्छाले बाँस दिनुभयो, अब हामी स्कूल बनाउछौं । तालामाराङमा एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थीले स्वयंसेवा गरिरहेका छन् ।

अखिल प्रचार बिभाग प्रमुख अशेष घिमिरेको अगुवाईमा अगुवाइमा झापा मेचीनगर, बाहुनडांगी, शान्तिनगर गाविसका ती बाँस संकलन गरेको हो । बाँस सिन्धुपाल्चोक लैजान एमालेको झापा क्षेत्र नम्बर १ कमिटीले ट्रक उपलव्ध गराएको घिमिरेले बताए ।

बाँस काट्न स्थानीय एमाले कार्यकर्ताले सघाएका थिए भने बाँसका घना उठाउन स्थानीय विद्यालयका विद्यार्थी सहभागी थिए । सिन्धुपाल्चोकमा बाँसको कमी भएकाले झापाबाट बाँस मगाइएको भूकम्प लगत्तैदेखि जिल्लामा खटिएकी अखिल सचिवालय सदस्य सीता थापाले बताइन् ।

कम्तिमा दश वर्ष टिक्ने गरि स्कूल बनाउन लागिएको थापाले जानकारी दिइन् । सिन्धुपाल्चोकका भूकम्प पीडित बस्तिमा अहिले एमालेका स्वयंसेवकहरु स्कूल र घर बनाउने काममा खटिरहेको र यसक्रममा करीव हजार जनताका घर बनेको एमाले केन्द्रीय सदस्य तथा सभासद शेरवहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्: