५६ वर्षीया महिला मृत फेला

02तेह्रथुम । तेह्रथुमको ईवा गाविसमा एक ५६ वर्षिय महिला मृत अवस्थामा फेला परेकी छन् । ईवा २ सिम्ले घर भएकी ५६ वर्षकी सरस्वता खतिवडा घर नजिकै करेसावारीमा मंगलबार दिउसो मृत अवस्थामा स्थानिय अविनारायण ओलीले देखे पछि गाउँमा हल्ली खल्ली भएको थियो ।

विगत १० वर्ष देखि घरमा एक्लै वस्दै आएकी खतिवडा सोमबार वेलुकी ९ वजे सम्म घरमै रहेको स्थानियको भनाई छ । उनको आँखाको माथिल्लो भागमा चोट र छातीमा निलडाम रहेको स्थानीय कृष्णप्रसाद उप्रेतीले जानकारी दिए ।

घटनाका सम्वन्धमा खवर पाए लगत्तै इलाका प्रहरी कार्यलय सक्रान्तिबजार बाट इन्सपेक्टर कुल प्रसाद चौधरी नेतृत्वमा पुगेको प्रहरीको टोलीले मुचुल्का तयार गरी अहिले सव पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिबजार ल्याइएको स्थानीय सेखर बरालले बताए । शरिरका विभिन्न ठाउँमा निलडाम देखिए पछि कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: