आँखा अध्ययन केन्द्र अब नेपालमै

02काठमाण्डौं । आँखा र कान विशेषज्ञ उत्पादन गर्दै त्यससम्बन्धी सबैखाले सेवा प्रदान गर्न नेपालमै पहिलोपटक अन्तर्रा्ष्ट्रिय स्तरको आँखा अध्ययन केन्द्र तथा अस्पताल सञ्चालनमा आउने भएको छ ।
स्वदेशीसँगै विदेशी विद्यार्थीलाई एमडी अफथालमोलोजी, विशिष्टीकृत सेवाका लागि फेलोसिफ, अनसुन्धानलगायत कार्यक्रम सञ्चालन गर्ने र मुलुकभरका मानिसलाई आँखासम्बन्धी विशेषज्ञ सेवा दिने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा उक्त अस्पताल निर्माण हुन लागेको हो ।

अस्पताल सञ्चालनका लागि त्रिवि र नेपाल नेत्रज्योति संघबीच बुधबारम्स झौता भएको छ। करिब दुई अर्ब रुपैयाँ लगानीमा बन्न लागेको उक्त अस्पतालको एक वर्ष्भित्र निर्माण कार्य सरु गर्ने योजना रहेको संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: