एसएलसी नतिजा दुई दिनभित्र

01काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, ’ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गर्छौं। काम छिटो सकियो भने शुक्रबार नै नतिजा निकाल्छौ ं।’

प्रतिक्रिया दिनुहोस्: