कन्चनपुरमा ५ भारतीय नागरिक हतियारसहित पक्राऊ

000कन्चनपुर । हतियारसहित नेपाल भूमिमा प्रवेश गरेको भारतीय समूहलाई नेपालका सुरक्षाकर्मीले पक्राउ गरेका छन् । कन्चनपुरको चाँदनी–दोधारा क्षेत्रको कुतियाकबरमा हतियारसहित आएका ५ जना भारतीय नागरिकलाई सशस्त्र र नेपाल प्रहरीको टोलीले हतियारसहित पक्राउ गरेको हो ।

प्बलअजबलउगच–ःबउभारतीय सिमावर्ती बजार मेलाघाट र खटिमाबाट हतियारधारी समूह बुधबार नेपाल प्रवेश गरेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि सशस्त्र र नेपाल प्रहरीको टोलीले घेरा हालेर ५ जनालाई खुँडा र चक्कुसहित पक्राउ गरेको छ ।

कुतियाकबरबाट पक्राउ परेका उनीहरुको साथबाट खुँडा, चक्कु, लठ्ठी र भारतीय नम्बर प्लेटको युके ०६ आर ८३१७ नम्बरको मोटरसाईकल बरामद भएको छ । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन ।

सो भारतीय समूह नेपाल चाँदनी दोधारा १० का भोपाल बस्नेतलाई आक्रमण गर्न नेपाल प्रवेश गरेको स्थानीयले बताएका छन् । तर, बस्नेतको आक्रमण गर्न किन खोजियो भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका डिएसपी अविनारायण काफ्लेले यसबारे बुझ्ने प्रयास गरिरहेको जानकारी दिए ।

उनले भने, ‘मैले भर्खरै मिडियाकै साथीले फोन गरेपछि थाहा पाएँ म बुझ्दै छु ।’
नेपाली नागरिकलाई आक्रमण गर्ने उद्देश्यले भारतीय समूह हतियारसहित प्रवेश गरेपछि कुतियाकबर क्षेत्रमा तनाव सिर्जना भएको थियो । तनाव भएपछि भारतीय सीमा सुरक्षाबल एसएसबीले सीमा क्षेत्रबाट आवत–जावत गर्न सर्बसाधारणलाई रोक लगाएको छ ।

कुतियाकबर क्षेत्र सदरमुकाम महेन्द्रनगरबाट झण्डै ३० किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्: