खोलाले बगाउँदा बालकको मृत्यु

03ताप्लेजुङ । ताप्लेजुङको थुम्बेदिनमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । बुधबार दिउँसो काबेली र इन्द्रवती नदी दोभानमा पौडी खेल्न गएका थुम्बेदिन ५ का खगेन्द्र खापुङका १४ वर्षीय छोरा दिवस खापुङलाई खोलाले बगाएको थियो ।

बालकको शवलाई स्थानीयले खोलाको किनारमा फेला पारेका थिए । बालकको शवलाई पोस्टमार्टम पछि आज परिवारको जिम्मा लगाइने ताप्लेजुङका प्रहरी नायव उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: