झापामा चट्याङबाट एकको मृत्यु

03बिर्तामोड । झापाको पृथ्वीनगरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान परेको चट्याङले लागेर पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर छेउ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा गौतमलाई चट्याङ लागेर थियो । उनको घटनास्थलमै मृत्यु भएको झापाका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: