मुल्य वृद्धिदर ८ प्रतिशत ननाघ्ने

07काठमाण्डौ । भूकम्पपछि अर्थतन्त्रका धेरै सूचकमा नकारात्मक प्रभाव परेपनि यस बर्ष बजार भाउ भने त्यति नबढने देखिएको छ । वैशाख महिनामा पनि ७ दशमलब ५ प्रतिशतभित्र औसत मुल्यवृद्धिदर कायम हुन गएपछि राष्ट्र बैंकले बजार भाउ यस बर्ष नअकासिने आंकलन गरेको हो ।

पछिल्लो १० महिनाको औसत मुद्रास्फिति दर र जेठ तथा असारको एतिहासिक अवस्था (विगत हुने गरेको बजार भाउ) लाई आधार मानेर राष्ट्र बैंकले मुल्यवृद्धि औसतमा ८ प्रतिशतकै हाराहारीमा रहने प्रक्षेपण गरेको हो ।

’भुकम्पपछि माग घटेकाले बैसाखमा बजार भाउमा चाप परेन,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख मीन बहादुर श्रेष्ठले कान्तिपुरसित भने, ’जेठ र असारमा अलि बढि भएपनि ८ प्रतिशत भन्दा कमै रहने देखिन्छ ।’

राष्ट्र बैंकले सर्वसाधारणले उपभोग गर्ने ३ सय १० वस्तु तथा सेवालाई डालोमा राखेर बजार भाउको अवस्था अध्ययन गर्छ । निश्चित शुत्र अनुसार यी वस्तुको मुल्यको उतार चढावको आधारमा उपभोक्ता मुल्य सुचकांक (सिपिआइ) निकालिन्छ । त्यहि सिपिआइमा हुने वृद्धिलाई मुद्रस्फि ति दरमा भएको वृद्धि भन्ने गरिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: