‘मेरो अनुपस्थितिले संविधान रोकिंदैन’

03काठमाण्डौ । नियमित स्वास्थ परीक्षणका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिमा संविधान निर्माणको काम नरोकिने बताएका छन् । उनले कार्याबाहक अध्यक्ष बामदेव गौतमलाई सम्पूर्ण अधिकार दिएर गएको उल्लेख गरेका छन् ।

संविधानसभाको मस्यौदा समितिमा संविधानका विवादित बिषयमा दलीय अडान प्रकट भइरहेका बेला ओलीले आफू नभए पनि एमाले तर्फबाट गर्ने निर्णय कार्यबहाक अध्यक्ष लगायतका नेताहरुले गर्ने स्पष्ट परेका हुन् । उनले असार मसान्तभित्रै संविधान जारी गर्नुपर्ने बताए ।

संविधान निर्माणका बिषयहरुमा बर्षौदेखि पर्याप्त छलफल भइरहेको उल्लेख गर्दै अब विभिन्न सुझाव लिने नाममा धेरै समय लम्ब्याउन नहुने ओलीको भनाइ थियो । त्यसैले संविधान सभा भित्र ‘फास्ट ट्रयाक’ विधि अपनाएर जान लागिएको ओलीले उल्लेख गरे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: