विवाहको आश्वासन दिएर यौन शोषण गर्ने पक्राउ

02महोत्तरी । महोत्तरीको सम्सी गाविसका वासिम शेषले एक किशोरीलाई विवाहको झुठो आश्वासन दिएर पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । सम्सी–२ बस्ने २१ वर्षीय वासिमले जेठ १८ गते १३ वर्षीया किशोरीलाई विवाह गर्ने झुठो आश्वासन दिएर ललाइफकाई भगाएर ११ दिनसम्म पटकपटक यौनशोषण गरेको र जेठ २८ गते घरमा ल्याएर छोडिदिएपछि किशोरीको विचल्ली भएको छ ।

ती किशोरीले असार २ गते आफ्ना अभिभावकको साथमा आएर वासिमविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट तत्काल खटी गएका प्रहरी टोलीले वासिमलाई पक्राउ गरेको हो । वासिममाथि प्रहरीले बुधबार साँझ नै जबर्जस्ती करणी मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: