एसएलसीको नतिजा आज प्रकाशन हुने

01काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विसं २०७१को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान ११ बजे बोर्ड बैठक आहृवान गरिएको जानकारी दिए ।

गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति र्पुयाएका कारण केही दिन ढिलो हुने भएको हो । परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर अपराहृन पाँच बजेसम्म परीक्षाफल सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्: