काजलको बलिउड प्रवेश सिङ्घमदेखि

एजेन्सी । बलीउड अभिनेत्री काजल अग्रवालको जन्म १९ जुन १९८५ मा मुम्बईमा भएको हो । उनी कलेजको समयदेखि नै मोडलिङ्गसँग जोडिएकी थिइन् । त्यसले गर्दा उनलाई फिल्ममा अफर मिल्न शुरु भएको थियो । उनले तेल्गु र तमिल फिल्ममा अभिनयको मौका मिलेको थियो ।

काजलले २००७ मा तेल्गु फिल्म ‘लक्ष्मी कल्याणम’ देखि अभिनयको सफर शुरू गरिन् । त्यहि बर्ष आएको फिल्म ‘चन्दामामा’ ले काजललाई सफलतामा पुर्यायो । २००९ मा आएको फिल्म ‘मगाधीर’ पनि सफल भयो । त्यसपछि काजलले ‘पोरुडु’,‘अतदिष्ट’, ‘डोलिङ्ग’, ’ओम शान्ति’, ‘मिस्टर परफेक्ट’, ‘वीरा’, ‘सरोजा’, ‘गणेश जस्ट गणेश’, ’बिजनेसमेन’, ‘नायक’, ‘बादशाह’, ‘जिला’, ‘येवादु’ सहित धेरै फिल्ममा काम गरिन् ।

काजलले फिल्म ‘सिङ्घम’ देखि बलीउडमा प्रवेश गरिन् । त्यसपछि उनी फिल्म ’स्पेशल २६’ मा देखा परिन् ।


k1
k2 k3 k4 k5

प्रतिक्रिया दिनुहोस्: