यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा

01बिर्तामोड । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विसं २०७१ को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न साढे १२ बजे पत्रकार सम्मेलन गर्ने पनिकाले जनाएको छ । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति र्पुयाएका कारण केही दिन ढिलो भएको हो ।

यसरी हेर्न सकिन्छ एसएलसीको नतिजा
एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि क्ीऋ लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ ।
यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट http://www.soce.gov.np/ मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट http://www.soce.gov.np/र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट http://www.soce.gov.np/मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै http://www.soce.gov.np/ ।लउ मा परीक्षाफल हेर्न सकिनेछ ।
परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले अन्तिम रुजु गरेर परीक्षाफल सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्: