एसएलसीको मौका परीक्षा साउन २० देखि (तालिकासहित)

00काठमाण्डौ । २०७१ सालमा लिएको एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उर्त्ितण भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ५१ प्रतिशत बढि हो । परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा दुईटा विषयमा अनुर्त्ितण हुने विद्यार्थीका लागि पूरक परीक्षाको व्यवस्था गरेको छ ।

मौका परीक्षाका रुपमा लिइने परीक्षा आगामी साउन २० गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा साउन २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान आठ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

हेर्नुहोस परीक्षा तालिका

क्र.सं.       मिति                                    विषय
१.             साउन २० गते बुधबार –   अनिवार्य अङ्ग्रेजी वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्यर अनिवार्य अङ्ग्रेजी
२.             साउन २१ गते बिहिबार – अनिवार्य नेपाली गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (भ्भिअतष्खभ भ्लनष्किज)
३.             साउन २२ गते शुक्रबार – अनिवार्य गणित
४.            साउन २३ गते शनिबार – अनिवार्य विज्ञान वेद विद्याश्रमतर्फः अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद
५.            साउन २४ गते आइतबार – अनिवार्य सामाजिक अनुवाद
६.            साउन २५ गते सोमबार – अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा वेद विद्याश्रमतर्फ – अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष संस्कृततर्फ – अनिवार्य संस्कृत भाषा
७.           साउन २६ गते मङ्गलबार – ऐच्छिक प्रथमपत्रका सबै विषय
८.           साउन २७ गते बुधबार – ऐच्छिक द्वित्तीयपत्रका सबै विषय

यस पटकको एसएलसीको मार्कसिट सहितको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस http://video.mechikhabar.com/slc/index.php

प्रतिक्रिया दिनुहोस्: