एसएलसीमा फेल भएपछि घरमा झुण्डिएर आत्महत्या

1मोरङ । एसएलसी परीक्षामा अनुत्तिर्ण भएपछि एक किशोरीले आत्महत्या गरेकी छन् । मोरङ उर्लाबारी–७ की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।

फेल भएको खबर पाएपछि उनले आफ्नै घरमा झुण्डिएर आत्मत्या गरेकी हुन् । विज्ञान विषयमा अनुत्तिर्ण भएकी खड्का सकुुना उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन् ।

डेढ वर्ष अघि उनका बाबुले पनि यसरी नै झुण्डिएर आत्महत्या गरेका थिए । हजुरआमासँगै बस्दै आएकी खड्काकी आमा रोजगारको लागि विदेशमा छिन् ।
प्रहरी कार्यालयका अनुसार उनको शव अहिले पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: