कुहिएको चामल जाँच्न हिँड्यो संसदीय टोली

4काठमाण्डौ । संसदको विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्पपीडितलाई कुहिएको चामल बाँडिएको घटनाको स्थलगत अध्ययन सुरु गरेको छ । विश्व खाद्य कार्यक्रमले गोरखाका भूकम्पपीडितलाई अखाद्य चामल वितरण गरेको समाचार सार्वजनिक भएलगत्तै समितिले विज्ञ सहितको संसदीय टोली खटाएको हो ।

सभामुख सुवासचन्द्र नेम्वाङले शुक्रबार टोली खटाउनुअगावै वितरणका लागि गोरखा र्पुयाएको चामल प्रमाण नष्ट नहुने गरी जस्ताको तस्तै राख्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । ’अखाद्य चामल तत्कालै साटेर राम्रो देखाउने प्रयास हुन सक्ने आशंकामा यस्तो सतर्कता अपनाइएको हो,’ संसद सचिवालयका एक अधिकारीले भने ।

अखाद्य चामल वितरण गरिएको गोरखाको लाप्राकसम्म पुग्ने कार्यादेशसहित सांसद भानुभक्त ढकाल र उषा गुरुङ शनिबार नै त्यसतर्फ प्रस्थान गर्नेछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: