प्रचण्ड र राष्ट्रपतिबिच भेटवार्ता

rambaran-prachandaकाठमाण्डौ । सर्वोच्च अदालतले चार दलबीच भएको सोह्र बुँदे सहमति तत्कालन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै एमाओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता भएको छ ।

शनिवार बिहान शितल निवासमा राष्ट्रपति र प्रचण्ड बीच करिब एक घण्टा कुराकानी भएको हो । भेटका क्रममा पुनःनिर्माण प्राधिकरण गठन, संविधान निर्माण र राज्यका सवै अंगको सम्मान र तालमेल होस् भन्ने बारे राष्ट्रपतिले चासो र चिन्ता ब्यक्त गरेको बताइएको छ ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै एमाओवादी अध्यक्षले भने–‘प्राधिरण निर्माणबारे पार्टीहरुले गहिरोसँग बिचार गरुन कार्यपालिका र न्यायपालिकाको बीचमा समन्वय होस् भन्ने चासो र चिन्ता राष्ट्रपतिले ब्यक्त गर्नुभयो ।’

सोह्र बुँदे सहमतिको कार्यान्वयनमा अदालतले अन्तरिम आदेश दिएको बारे अध्यक्ष प्रचण्डले भने–‘हामीले अदालको अपहेलना गर्न चाहेका छैनौ, तर त्यो आदेशको खारेज गरिपाउँ भनेर अदालतमै जाने समझदारी भएको छ ।’ राष्ट्रपतिले पनि अदालतको स्टेअर्डरबारे चासो राख्दै द्वन्द्व को अवस्था नआओस् भनेको र चार दल पनि द्वन्द्व निम्त्याउने पक्षमा नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: