’बालबालिका ओसारपसार कायमै’

2काठमाण्डौ । गृह मन्त्रालयले भूकम्पपछि विपत्तिमा परेका बालबालिकाको ओसारपसार अझै नरोकिएको जनाएको छ । गृहले ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै पूर्ण रूपमा बालबालिकाको ओसारपसार रोक्न सक्रिय हुन निर्देशन दिएको हो ।

सचिवस्तरको बैठकले बालबालिकाको ओसारपसार रोक्न निर्देशन दिएको हो । बैठकले भूकम्प प्रभावित जिल्लाका बालबालिकालाई संरक्षणका लागि पठाइएको संस्था र बालबालिकाको संख्या उपलब्ध गराउन भनेको छ । यस्तै भूकम्प प्रभावित जिल्लालगायत ७५ वटै जिल्ला प्रवेश गर्ने नाकामा बालबालिका ओसारपसार हुन नदिन निर्देशन दिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: