बिर्तामोड नगर अध्यक्षमा बालकृष्ण

dasnamiबर्तामोड ।  नेपाल दशनामी समाज बिर्तामोड नगर कमिटीको प्रथम अधिबेशन शनिबार चारपानेमा सम्पन्न भएको छ ।  अधिबेशनले बालकृष्ण गिरीको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी सर्वसम्वत चयन गरेको हो । सर्वसम्वत चयन भएको कमिटीको उपाध्यक्षमा अर्जुन भारती, सचिबमा हेमराज गिरी, सह–सचिबमा आशिष बन र कोषाध्यक्षमा रुबिना गिरी रहेका छन् ।

त्यसैगरी सदस्यमा राजन गिरी, कृष्ण गिरी, राजेश गिरी, देबीमाया गिरी, कमला गिरी, राकेश पुरी, बिजयाकला गिरी, पूर्णलक्ष्मी गिरी, जीतबहादुर गिरी, पुनम गिरी रहेका छन् । क्षेत्रिय अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षतामा सम्पन्न अधिबेशनको प्रमुख अतिथि दशनामी समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्दबिक्रम गिरी रहेका थिए । प्रमुख अतिथि गिरीले दशनामीहरुको अवस्था र नयाँ गठित कमिटीलाई शुभकामना दिएका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीले दशनामीहरुको सर्वपरि हितका लागि सबै एकजुट हुनु पर्ने बताए ।

उनले २०३० सालमा स्व. पदमबहादुर गिरीले स्थापन गरेको दशनामी समाज आजको अवस्थासम्म आइपुग्दा पनि दशनामीको बिकास न्युन रहेको बताए । दशनामी समाजले बिभिन्न योजना ल्याएपनि अहिलेसम्म सफल हुन नसकेको अध्यक्ष गिरीले गुनासो गरे ।

कुनै–कुनै नगर कमिटी गठनमा दशनामीहरुले कुरा नबुझेर अधिबेशन गर्न समस्या भएपनि त्यसलाई छिट्टै सरसल्लाहबाट समाधान गरिने उनले बताए । दशनामीहरुको पृष्ठभुमी केहो, जिल्लामा कती छन् , के कस्तो अवस्थामा छन् त्यसका लागि नगर कमिटीको आवश्यकता रहेको अध्यक्ष गिरीले बताए । कार्यक्रममा जिल्ला कोषाध्यक्ष सन्तोष गिरी, जिल्ला सल्लाहकार अम्बरबहादुर गिरी लगायतले नयाँ कमिटीलाई शुभकामना दिएका थिए ।
जिल्ला सदस्य पदम पुरी(प्रकाश), पार्वता गिरी, शनिअर्जुन नगर अध्यक्ष नेत्र गिरी लगायत को उपस्थिति रहेको कार्यक्रमलाई जिल्ला सदस्य अर्जुन गिरीले सञ्चनलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: