बिर्ता सिटीमा सिटी स्क्यान सेवा

2बिर्तामोड । बिर्ता सिटी अस्पताल बिर्तामोडले शुक्रवारबाट सिटी स्क्यान सेवा सुरु गरेको छ । अस्पतालले एक कार्यक्रमका बिच सिटी स्क्यानको आरम्भ गरेको हो । मेची आँखा अस्पतालका डाक्टर पुर्सोत्तम जोशीले सिटी स्क्यानको उद्घाटन गरेका हुन् ।

समारोहमा डाक्टर पुर्सोत्तम जोशी, डा. अनिल कुमार बस्नेत, राजकुमार पोख्रेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटा लगायतले शुधकामना व्यक्त गरेका थिए । अस्पतालका अध्यक्ष गोपाल बस्नेतले अस्पतालले आफ्नो सेवा बिस्तार गर्दै लाने बताए ।

प्रतिक्रिया दिनुहोस्: