यात्रु बाहक बस तस्करीमा प्रयोग

000बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले भन्सार छली गरिएको सामग्री सहित ग १ ख ४९२५ नम्बरको बस पक्राउ गरेको छ । प्रहरीले काँकरभिट्टाबाट दमक लर्फ लाँदै गर्दा बिहिवार राती ११ बजे बिर्तामोडको बुट्टावारीबाट लगभग ७ लाख भन्दा बढी मूल्यका सामग्री पक्राउ गरेको हो ।

व्यापारीले लगाभग १ लाखको बिलमा ७लाखका मूल्यका खैनी, चामल, बदाम, स्टिलका सामग्री पक्राउ गरेको प्रहरीले जनाएको छ । पूर्व सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यात्रु बोक्ने बसमा अवैध सामग्री पक्राउ गरेकोले बसलाईसमेत कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: