गउर घाइतेलाई सफारी संघको सहयोग

photo0757बिर्तामोड । सिटी सफारी मजदुर संघ झापाले गउरको आक्रमण्ममा परी गम्भिर घाइते भएका सफारी चालक केरकेरु राजबंशीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
संघले आइतबार उपचार्थ बि एण्ड सी हस्पिटलमा राजबंशीकी बुहारी बिश्व रावबंशीलाई नगद १० हजार ५० रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको हो ।

सो रकम संघका अध्यक्ष धनसिंह राजबंशी, उपाध्यक्ष दाताराम पाठक र कोषाध्यक्ष महेन्द्र पाण्डे सहितको टोलीले प्रदान गरेको थियो । सघं स्थापनाको तेस्रो महिना नपुग्दै संघले समस्यामा परेकाहरलाई सकेको आर्थिक सहयोग गर्दै जाने बताएको छ । त्यस्तै आइतवार नै संघले अपाङग बाल शिक्षा सरोकार केन्द्र बिर्तामोडलाई समेत ५ हजार नगद प्रदान गरेको संघका अध्यक्ष राजवंशीले बताए । photo0761

प्रतिक्रिया दिनुहोस्: