‘तालमेल गरी अघि बढ्नुहोस्’

011काठमाडौ । राष्ट्रपति रामवरण यादवले राज्यका तीन प्रमुख अंगहरूबीच उचित तालमेल र सम्मानसहित संविधान निर्माण प्रक्रियालाई गति दिन शनिबार आग्रह गरेका छन् । प्रमुख विपक्षी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा यादवले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिप्रति समेत चासो प्रकट गरेका हुन् ।

सर्वोच्च अदालतबाट शुक्रबार जारी अन्तरिम आदेशले संविधान निर्माणलाई के–कस्तो प्रभाव र्पुयाउँछ भन्ने विषयमा समेत राष्ट्रपतिले जिज्ञासा राखेका थिए । सर्वोच्चको आदेशलाई असहमति जनाएका दलहरूले संविधान निर्माण प्रक्रिया भने जारी राखेका छन् ।

१६ बुँदेलाई कार्यान्वयन गर्ने विषयमा शनिबार पनि कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वमा रहेको मस्यौदा समिति अन्तर्गतको कार्यदल बैठक बसेको थियो । ‘अदालतको आदेशमा हाम्रो सहमति छैन,’ आफूले राष्ट्रपति यादवलाई दिएको जवाफ उल्लेख गर्दै दाहालले संवाददाताहरूसँग भने, ‘तर अदालतको सम्मानमाथि आँच आउने काम हुन दिन्नौं । आदेश त्रुटिपूर्ण भएकाले सच्याउन पुनरावेदन दिन जान्छौं ।’ आजको । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: