पुनर्निर्माण प्राधिकरणबारे प्रमुख दलबीच नै विवाद

011काठमाडौ । सरकारले भूकम्पपछि मुलुक पुनर्निर्माणका लागि प्राधिकरण गठन गर्न अध्यादेशको तयारी तीव्र पारेपछि प्रमुख चार दलबीच विवाद चर्किएको छ । सत्ता साझेदार दल एमाले नै अध्यादेशमार्फत प्राधिकरण गठन गर्ने प्रस्तावको विपक्षमा देखिएपछि कांग्रेस, एमाले, एमाओवादीबीचको विवाद सतहमा देखिएको हो ।

सरकारको नेतृत्व गरेको कांग्रेस आगामी १० असारमा आयोजना हुने दाता सम्मेलनअगावै अध्यादेशमार्फत अधिकार सम्पन्न प्राधिकरण गठनको तयारी पूरा गर्नुपर्ने पक्षमा उभिएको छ । तर, सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादी भने पर्याप्त छलफल र गृहकार्य्विनै व्यवस्थापिका संसद्लाई छलेर हतारमा प्राधिकरण गठन अध्यादेश जारी गर्न नहुने पक्षमा उभिएका छन् ।

दाता सम्मेलनको संघारमा पुनर्निर्माण प्राधिकरण गठन प्रक्रियाबारे विवाद देखिएपछि चार दल समान धारणाका लागि छलफलमा जुटेका छन् । त्यस निम्ति शनिबारबाट शीर्ष नेताले औपचारिक छलफल र गृहकार्य अघि बढाएका हुन् ।

संविधान निर्माण अघि बढाउन १६ बु“दे सहमति गरेका प्रमुख दल प्राधिकरण गठनसम्बन्धी अध्यादेश सरकारबाट जारी गर्ने कि संसद्बाट ऐन पारित गरेर गर्ने भन्ने विषयमा दुई कित्तामा उभिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको चार दलीय शीर्ष बैठकमा प्राधिकरणसम्बन्धी अध्यादेश तत्काल जारी गर्ने कि संसद्मार्फत गर्ने भन्नेमा दलहरूबीच कुरा मिल्न सकेन ।

विवाद बढेपछि सबै दलले दिनभर आन्तरिक छलफल गरेका थिए । साँझ कांग्रेस–एमालेबीच भएको छलफलमा पनि कुनै निष्कर्ष निस्कन सकेन । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: