फर्जी कार्य गर्नेमाथि कारबाही सुरु

00रसुवा । घर नै नभएका तर घर भत्कियो भनी फर्जी विवरण दिने व्यक्तिमाथि कारबाही सुरु गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार घर भत्किएका व्यक्तिलाई तत्काल राहतस्वरुप पाँच हजार वितरण गर्ने नीतिभित्र आफूलाई पनि पार्न घर नै नभएका र डेरा गरी बसेकाले समेत झुठा विवरण दिई रकम बुझेको भन्ने गुनासो र उजुरी आउन थालेपछि असुलउपरका लागि कारबाही सुरु गरिएको हो ।

स्वतःस्फूर्त रुपमा फिर्ता गर्न पहिलो चरणमा गाउँरटोलमा आग्रह गर्ने र आलटाल गरेमा ठगी ऐन नियमानुसार कारबाही गरिने बताइएको छ । जिल्ला दैवी प्रकोप समितिले फर्जी विवरण लेखाइ लिएको राहत रकम इमान्दारपूर्वक फिर्ता गर्न सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: