विद्यार्थी संगठनको कन्सल्टेन्सी प्रति आक्रोश

77बिर्तामोड । झापाका संयुक्त सात विद्यार्थी संगठनले कन्सल्टेन्सीले दिनदहाडै मेला लगाएर विद्यार्थी बेच्ने गरेको भन्दै तत्काल रोक्न माग गरेका छन् । संगठनले शनिवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै केही महिनाअघि भारतको बेङ्लोरस्थित अक्शफोर्ड ईन्जिजिनियरिङ कलेजमा नेपाली विद्यार्थी प्रशान्त झाको रहस्यमय मृत्य’ हँदासमेत जिल्ला प्रशासन कार्यालयले केही गर्न नसकेको आरोप लगाएको छ ।

‘प्रशासनले मेला लगाउन अनुमति दिनु र विद्यार्थी बेच्ने कार्यमा जिल्ला शिक्षा कार्यालयका जिम्मेवार ब्यक्ति अतिथि हुनु आफैंमा गैरजिम्मेवार रबैया हो,’ बिज्ञप्तिमा भनिएको छ– ‘विद्यार्थी बेच्ने कार्य तत्काल रोक्न हाम्रो आग्रह छ ।

मेला रोक्न माग गर्दै संगठनले गत जेठ २७ गते जिल्ला शिक्षा अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालयमा स्मरण पत्र पठाएको छ । मेला लगाउनेलाई कानुन बमोजिम कारवाही नभए कडा आन्दोलनमा उत्रने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा नेवि संघ झापाका सभापति राजेन्द्र उप्रेती, अखिल क्रान्तिकारीका अध्यक्ष रवि बस्नेत, अनेरास्ववियुका अध्यक्ष देशबन्धु ढुगेलले हस्ताक्षर गरेका छन्

प्रतिक्रिया दिनुहोस्: