१ सय ९४ प्रहरी कार्यालय काम नलाग्ने

02काठमाडौ । नेपाल प्रहरीका मुख्यालयसहित १ सय ९४ भवन भूकम्पमा परी क्षतिग्रस्त भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुख्यालयभित्रको अपराध अनुसन्धान विभागसहितका प्रहरी कार्यालयमा क्षति पुगेको छ ।

प्राविधिक निर्देशनालयका इन्जिनियरहरूले अध्ययन गरी बस्न हुने र नहुने भवन छुट्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) कमलसिंह बमले बताए । बमका अनुसार मुख्यालयबाहेक महानगरीय प्रहरी आयुक्त कार्यालय मातहतका २० भवन काम नलाग्ने भएका छन् ।

त्यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखा भएको हनुमानढोकास्थित भवन काम नलाग्ने भएको छ । अहिले महाशाखा र परिसरको कार्यालय टेकुस्थित साल्ट टेडिङ कर्पोरेसनभित्र पार्टी प्यालेसमा राखेर चलाइएको छ । सबैभन्दा बढी क्षति मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाअन्तर्गतका जिल्लामा परेको छ । त्यहाँ सयवटा प्रहरी कार्यालय भत्किएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: