अर्को मधेसी मोर्चा बनाउँदै गच्छदार

bijaya kumarकाठमाण्डौ । आठदलीय मधेसी मोर्चा्भित्रका पाँच दलले निष्काशित गरेपछि फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले नयाँ मधेसी मोर्चा निर्माण थालेका छन् । आइतबार बिहान सानेपास्थित निवासमा गच्छदारले साना मधेसी दलका शीर्ष नेताहरु डाकेर नयाँ मोर्चा बनाएर गएमात्रै अरु मधेसी दलहरुको वैचारिक प्रतिरोध गर्न सकिने बताएका हुन् ।

बैठकमा राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी र नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झा उपस्थित थिए ।
यसैगरी दुई दिनअघि सानेपा निवासमै गच्छदारले भण्डारी, झासहित फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव राखेर चार मधेसी दलको बैठक गरेको गच्छदारनिकट स्रोतले बतायो ।

चार मधेसी दलले नयाँ मधेसी मोर्चाको औपचारिक घोषणा नहुन्जेल भेटघाट निरन्तर राख्ने समझदारी बनाएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: