३४ हजार मानिस जोखिममा

NEPAL-QUAKEकाठमाण्डौ । भूकम्पको विपत्तिले सिन्धुपाल्चोकमा ३४ हजारजनालाई जोखिममा पारेको छ। भूकम्पले चर्काएको जमिनमा पहिरो जाने खतराले ६८ गाविस र दुई नगरपालिकामध्ये ५८ गाविसका बस्ती जोखिममा परेका हुन् ।

भूकम्प प्रभावित संसदीय क्षेत्रमा राहत पुनस्र्थापनामा सघाउन, अनुगमन गर्न र सरकारलाई सुझाव दिन तयार गरिएको प्रतिवेदनमा आठ हजार ६५ घरधुरीका ३४ हजार दुई सय ६५ जना जोखिममा रहेको उल्लेख छ ।

गाविसस्तरीय सर्वदलीय संयन्त्र, गाउँमा खटिएका सुरक्षाकर्मी, गाविससचिव, सभासद्सहित विज्ञको टोलीको स्थलगत भ्रमण र स्थानीय बासिन्दाको रायसुझावका आधारमा जोखिममा रहेका बस्ती पहिचान गरिएको हो ।

सभासद् अग्नि सापकोटा, मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ, अमृतकुमार बोहोरा, ल्हाक्र्याल लामा, रमेशकुमार लामा, प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, स्थानीय विकास अधिकारी महेश बरालसहित विज्ञ र अन्य सरोकारवालाले जोखिममा रहेका बस्ती पहिचान गरी प्रतिवेदन तयार पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: