अदालतको फैसला मान्दिन भन्नु संसदीय व्यवस्था विपरीतः वैद्य

20रौतहट । नेकपा–माओवादीका अध्यक्ष मोहन वैैद्यले अदालतले १६ बुँदे सहमतिप्रति गरेको फैसला मान्दैनौँ भन्नु संसदीय व्यवस्था विपरीत अभिव्यक्ति भएको बताएका छन् ।

नेकपा–माओवादी भोजपुराका पदाधिकारीको पूर्ण बैठक चन्द्रनिगाहपुरमा सम्पन्न भएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा सोमबार उनले ‘संविधानसभाको विधि र प्रक्रिया मिचेर’ गरिएको सहमतिले कुनै पनि हालतमा जनताको संविधान निर्माण नहुने जिकिर गरे ।

लिपुलेकमा भारत र चीनले गरेको सम्झौताको विरोध गर्दै अध्यक्ष वैद्यले लिपुलेक नेपालकै रहेको बताए । बैठकले जनयुद्धको जगमा जनविद्रोहको नयाँ रणनीतिका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: