अपरिचित व्यक्तिले चलाएको गोलीले मृत्यु

धनगढी । धनगढी नगरपालिका—५ स्थित पुरानो बस्ती, जाली चोकमा मंगलबार मध्याह्न गोली चलेको छ । गोली लागेर भारतीय नम्बर प्लेटको मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार अपरिचित व्यक्तिले चालकलाई गोली हानी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा अहिले वडा प्रहरी कार्यालय धनगढीको प्रहरी टोली पुगेको छ । गोली लागेर मृत्यु भएका मोटरसाइकल चालकको शव सेती अञ्चल अस्पताल पु¥याइएको छ । गोली लागेका चालक र गोली हान्नेको नाम थाहा हुन सकेको छैन ।22

मोटरसाइकलको पछाडि सवार भारतीय मूलको जस्तो देखिने व्यक्तिले चालकमाथि गोली प्रहार गरेलगत्तै फरार रहेको बताइएको छ । दिउँसै गोली चलेपछि अहिले जाली चोक क्षेत्रमा सर्वसाधारण आतंकित भएका छन् । प्रहरीले गोली हानेर फरार हुनेको खोजी सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: