अफगान संसद् परिसरमा बम प्रहार, बालकसहित १२ को मृत्यु

2एजेन्सी । अफगानिस्तानको संसद् भवनभित्र तालिवान लडाकुले सोमबार बम प्रहार गर्दा एक बालकसहित १२ जनाको मृत्यु भएको छ ।
आक्रमणबाट केही सांसद घाइते भएको जानकारी दिइएको छ ।

संसद् चलिरहेका बेला भएको आक्रमणका कारण सांसदहरू सुरक्षाको खोजीमा यत्रतत्र भागेको अवस्था टेलिभिजनमा प्रत्यक्ष रूपमा देखिएको छ । भीडन्तका क्रममा सातजना आक्रमणकारी र एक बालकसहित पाँचजना सर्वसाधरण मारिएका छन् ।

अफगानिस्तानका प्रतिरक्षामन्त्रीको रूपमा राष्ट्रपतिबाट मनोनीत व्यक्तिलाई संसद्मा परिचय गराउने समयमा उक्त आक्रमण भएको थियो ।
आत्मघाती कार चालकका साथमा सबै आक्रमणकारीको मृत्यु भएपछि आक्रमण अन्त्य भएको थियो। दोहोरो भिडन्तका क्रममा एक बालकसहित पाँचजना सर्वसाधारण पनि मारिएका छन् ।

पहिलो कारबम संसदीय भवननजिकै मुख्य सडकमा विस्फोट भएको थियो। त्यसपछि आक्रमणकारीको एक समूह संसद् अगाडिको एक भवनमा प्रवेश गरेको थियो । उक्त जानकारी काबुल प्रहरीका प्रवक्ता एबादुल्लाह करिमीले दिएका हुन् ।

दुईजना पुरुष, एक महिला तथा एक बालकको उक्त आक्रमणमा मृत्यु भएको जानकारी प्रहरी तथा संयुक्त राष्ट्रसंघले दिएको छ ।
गृह उपमन्त्री नजिब दानिसले सातजना आक्रमणकारीले आक्रमण गरेको बताएका छन् भने स्वास्थ्य मन्त्रालयले पाँच महिला एक बालकका साथमा ३१ व्यक्ति घाइते भएको जानकारी दिएको छ ।

उक्त घटनाको टेलिभिजन प्रसारणमा पहिलो विस्फोटमा संसद्भित्र कोलाहल फैलिएको र सांसद अब्दुल राउफ इब्राहिमीले आफ्नो कुर्चीमा बस्दै यो विद्युत्को गडबडी भएको सांसदलाई बताइरहेका थिए ।

उक्त समयमा संसद्मा रहेका सांसद मोहमद रेजा कोसाकले एक ठूलो विस्फोट सुनिएको र त्यसपछि साना विस्फोट सुनिएको जानकारी दिए । उनले केही सेकेन्डमा हलमा धुवाँ फैलिएको र सांसदहरू भाग्न थालेको बताए ।

संसद् भवनबाहिर सुरक्षा दिइरहेका सैनिकले आक्रमणकारीको योजना सफल हुन नदिएको बताए ।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा आक्रमणकारीले संसद्को मूल प्रवेशद्वारमा शक्तिशाली विस्फोट गराएका थिए । उक्त घटनामा ६ देखि ९ पटक बम विस्फोटको आवाज आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: