कांग्रेस गुट कुटाकुट

02वीरगन्ज । नेपाली कांग्रेस पर्साको जिल्ला कार्यसमिति बैठकमा संस्थापन र देउवा पक्षबीच कुटाकुट भएको छ । स्रोतअनुसार आइतबार साँझ भएको बैठकमा सदस्यता वितरण र पार्टीको आन्तरिक कामकारबाही छानबिन हुनुपर्ने प्रस्ताव पेस भएपछि चर्काचर्की सुरु भएको थियो ।

चर्काचर्कीका क्रममा आमन्त्रित कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियालाई पर्सा सभापतिसमेत रहेका सभासद सुरेन्द्रप्रसाद चौधरीले धक्का दिएका थिए । त्यसपछि चौधरी कुटिएको बैठकका सहभागीले बताए । बैठकमा चौरसिया र क्षेत्र नम्बर ४ का सभापति श्रीकुशुन चौहानबीच चर्काचर्की परेको थियो ।

सोही क्षेत्रबाट सभासदमा निर्वा्चित चौधरीले चौहानको पक्ष लिँदै चौरसियालाई धकेलेपछि आफूहरू हात हाल्न बाध्य भएको जिल्ला समिति सदस्य नवीन सिंहले बताए । चौधरीले भने आफूउपर नभएर कुटपिट चौरसियालाई भएको दाबी गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: